काठमाण्डु– नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो ।
चापागाईंले सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गरीसकेका छन् ।
गत चैत्र ११ गते नारदकुमार लुइँटेललाई सीईओ नियुक्त गर्ने निर्णय गरिएको थियो तर मुख्यसचिवबाट निर्णय प्रमाणित नभएपछि पुनः चापागाईलाई सीईओ बनाइएको हो ।
चैत्र ३ गते सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले चुडामणी चापागाई, नारद कुमार लईंटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरी सर्ट लिस्टमा राखेको थियो ।




प्रतिक्रिया