शेयर बजारमा पहिरो-नेप्से ६९ अंकले घट्यो

शेयर बजारमा पहिरो-नेप्से ६९ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजार परिसूचक नेप्से सोमबार ओरालो लागेको छ । आज नेप्से ६९ .५१ अङ्कले ओरालो लागेर २५८७.४५ विन्दुमा कायम भएको छ ।

आज बैंकिङ समूहको शेयर ३८ अङ्कले, विकास बैंकको एक सय ६७, होटलको ८८, फाइनान्सको ९८, माइक्रोफाइनान्सको एक सय ८५ र जलविद्युत् समूहको शेयर एक सय दुई अङ्कले ओरालो लागेको छ ।

आज दुई सय १८ कम्पनीको शेयर कारोबार भएकोमा १० वटाबाहेक सबैको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर १० प्रतिशतले ओरालो लागेको छ । आज ८७ लाख कित्ता शेयर दुई अर्ब ९६ करोडमा कारोबार भएका छन् ।