काठमाण्डु – नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन नेप्से परिसूचक ७५.८४ अंकले बढेर १६ अर्बभन्दा बढीको कारोबार भएको छ ।
बिहीबार नेप्से परिसूचक २८७०.६३ अंकमा पुगेर रोकिएको हो । यसअघि गत आवको अन्तिम दिन नेप्से परिसूचक २७९४.७८ अंकमा पुगेर रोकिएको थियो ।
पहिलो दिन कुल ३११ स्टकको १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँ बराबरको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको थियो ।
बिहीबार सेन्सेटिभ इन्डेकस ११.२२ अंकले बढेको छ । फ्लोट इण्डेक्स ५.०६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७९ अंकले बढेको छ ।
बिहीबार ट्रेड टावर लिमिटेड, शुभम पावर लिमिटेड, थ्री स्टार हाइड्रोपावर, र्स्टन हाइड्रोपावर र बाराही हाइड्रो पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै ट्रेड टावर कम्पनीको मूल्य ३६.६० रुपैयाँले बढेर ४०२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
शुभम पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८३.१४ रुपैयाँले वृद्धि भएर ९१५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । थ्री स्टार हाइड्रो पावरको शेयर मूल्य पनि प्रतिकित्ता ७३.१० रुपैयाँले बढेर ८०४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
स्टर्न हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ५७.११ रुपैयाँले बढेर ६३३.७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बाराही हाइड्रोपावरको शेयर मूल्य पनि ६९.२९ रुपैयाँले बढेर ८३८.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
बिहीबार एनआईबीएल स्टेबल फण्डको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ०.७५ रुपैयाँले घटेर ९.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एनआईसी एशिया फिलीक्स क्यापिटल फण्डको शेयर मूल्य ०.६३ रुपैयाँले घटेर ९.५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
नेपाल रि–इन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, सानिमा माइ हाइड्रो पावर, राधी जलविद्युत् र नाग्दी ग्रूप पावर लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।




प्रतिक्रिया