नेप्से परिसुचक फेरी ३ हजार बिन्दुमाथि पुग्यो

नेप्से परिसुचक फेरी ३ हजार बिन्दुमाथि पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज शेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसुचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ ।

यसअघि आइतबार पनि नेप्से पसिुचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो ।

यस दिन पौने १ सम्म नेप्से परिसुचक ४६ अंकले बढेर परिसुचक ३०१७ मा पुगेको छ । यस अबधिसम्म ९ अर्ब ३० करोड रुपैयाँ बराबरको २ करोड कित्ता शेयर किनबेच भइसकेको छ । त्यसैगरी मुक्तीनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसअघि गतवर्ष साउनमा ३ हजार बिन्दुमा पुगेको नेप्से त्यसपछि भने बढ्न सकेको थिएन । तर, चालु आवको मौद्रिक निती सावर्जनिक भएपछि सकारात्मक देखिएको शेयर बजार उत्साहजनक रुपमा अघि बढीरहेको छ ।