काठमाण्डु – हप्ताको चौथो कारोबारको दिन नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा रोकिएको छ ।
यसअघि मंगलबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ अंकमा रोकिएको थियो ।
बुधबारको बजारमा सेन्सेटिभ इन्डेक्स १.६४ अंकले बढेको छ । फ्लोट इन्डेक्स ०.५४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले बढेको छ ।
मंगलबार ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा यस दिन कूल ३२२ स्टकको ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको छ । यो किनबेच ९१ हजार ७०५ पटकको कारोबारमा भएको हो ।
यसदिन ४ वटा कम्पनिको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । झापा इनर्जी लिमिटेड,सागर डिस्टिलरी स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक इन्डस्ट्रिको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
रिभरफल्स पावर र महिला लघुवित्तको सेयर पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ । बुधबार बोटर्लस नेपालको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको सेयर प्रतिकित्ता ३.९४ प्रतिशतले घटेर १६ हजार २५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य पनि प्रतिकित्ता ३.८१ प्रतिशतले घट्दै १ हजार ७४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
बुधबारको कारोबारमा एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । सिभम सिमेन्ट, हिमालयन डिस्टिलरी, बन्दीपुर केवलकार र हिमालयन रिइन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।




प्रतिक्रिया