२६ सयबाट ओरालो लाग्यो सेयर बजार

२६ सयबाट ओरालो लाग्यो सेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । नेप्से १२ अंकले घटेर परिसूचक २५९४ अंकमा झरेको छ ।

यसदिन कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ४ अर्बको भयो ।

आज ५६ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन कुमारी बैंक (संस्थापक), ङादी ग्रुप, शिवम् सिमेन्ट, श्रीनगर एग्रिटेक र बुटवल पावर रहेका छन् ।

यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानलको मूल्य १० प्रतिशत बढ्यो ।

यस्तै आज सबै सूचक ओरालो लागेका छन् । बैंकिङ समूह स्थिर रह्यो । विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ तथा व्यापार ०.५९ प्रतिशत घटे ।