नेप्सेको पुनर्संरचना अघि बढाइने

नेप्सेको पुनर्संरचना अघि बढाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना अघि बढाउने भएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेप्से पुनर्संरचना गर्दै ‘इन्ट्राडे’ ‘सर्टसेलिङ’ र ‘डेरिभेटिभ’ जस्ता उपकरणको चरणबद्ध सुरुआत गरिने उल्लेख गरे।

त्यस्तै पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

अर्थमन्त्री वाग्लेले ‘सेयर कर्नरिङ’‘इन्साइडर ट्रेडिङ’जस्ता पुँजी बजारमा हुने अवाञ्छित गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति लिने उल्लेख गरे।