शेयर बजार सोमबार पनि बढ्यो


काठमाण्डु – शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि उकालो लागेको छ । आज नेप्से १९ दशमलव ४३ अङ्कले उकालो लागेर दुई हजार सात सय ८४ दशमलव ९५ विन्दुमा कायम भएको छ ।

आज बैंकिङ, होटल–पर्यटन र उत्पादन समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ। आज जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय १८ अङ्कले उकालो लागेको छ। त्यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ९०, अन्यको एक सय १३, फाइनान्सको ७८, व्यापारको ५७ र जलविद्युत् समूहको शेयर ४० अङ्कले उकालो लागेको छ ।

आज दुई सय ३६ कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement