शेयर बजारमा हरियाली – नेप्से ५४ अङ्कले बढ्यो

शेयर बजारमा हरियाली – नेप्से ५४ अङ्कले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजार परिसूचक नेप्से आज बिहीवार ५४ अङ्कले उकालो लागेको छ । आज नेप्से ५४ दशमलव १२ अङ्कले उकालो लागेर दुई हजार आठ सय ५७ दशमलव ७५ विन्दुमा कायम भएको छ ।

आज अन्यबाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर सबैभन्दा शेयर तीन सय ४९ अङ्कले, निर्जीवन बीमाको दुई सय ८८, माइक्रोफाइनान्सको एक सय ७४, जलविद्युतको एक सय ५८ र विकास बैंक समूहको शेयर एक सय ४७ अङ्कले उकालो लागेको छ ।

आज दुई सय २४ वटा कम्पनीको एक करोड १८ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।