सेयर बजार आइतबारसम्म बन्द रहने

सेयर बजार आइतबारसम्म बन्द रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेयर बजार आइतबारसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचना जारी गर्दै सेयर बजार आइतबारसम्म बन्द रहने जानकारी दिएको छ ।

देशको विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बुधबार र बिहीबारका लागि बजार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

शुक्रबार र शनिबार भने नेप्सेको कारोबार नियमित रूपमै बन्द रहनेछ । सोही कारण बजारमा आइतबार मात्रै कारोबार हुनेछ । मंगलबार समेत बजारमा कारोबार भएको थिएन ।