नेप्सले सोध्यो निफ्रालाई स्पष्टिकरण

नेप्सले सोध्यो निफ्रालाई स्पष्टिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल स्टक एक्सचेन्जले नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (निफ्रा) लाई स्पष्टिकरण सोधेको छ ।

नेप्सले लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने विषयमा निफ्रालाई स्पष्टीकरण सोधेको हो । निफ्राले केही दिनअघि चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएको थियो ।

नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले तीन दिनभित्र लिखित जवाफ पेश गर्न पत्राचार गरिएको बताएका छन् ।

यस विषयमा के कति सत्य हो ? निफ्राले राणनीतिक साझेदार भित्र्याउने विषयमा को सँग के कस्तो छलफल भएको हो ? र आगामी वर्ष १० प्रतिशत लाभांश दिने भन्दै भएको प्रचारबारे पनि नेप्सेले स्पष्टीकरण सोधेको छ ।

यस्ता सूचनाहरुले कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने नेप्सेले जनाएको छ ।