काठमाण्डु – साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आज नेप्से ५० दशमलव २ अङ्कले बढेर २४ सय २४ दशमलव ८४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
आइतबार व्यापारबाहेक अरू सबै समूहको शेयर बढेको दिन बैंक समूहको शेयर २१ अङ्कले बढेको छ । यस्तै होटल समूहको २४, जलविद्युत् र उत्पादनको ५१, अन्यको एक सय चार, माइक्रो फाइनान्सको एक सय दुई, जीवन बीमाको एक सय ६५, निर्जीवन बीमाको दुई सय २१ र फाइनान्स समूहको शेयर १४ अङ्कले बढेको छ ।
आइतबार दुई सय सात वटा कम्पनीका एक करोड ९३ लाख ७९ हजार कित्ता शेयर नौ अर्ब ३७ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६६ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
पोखरा फाइनान्स, मिथिला लघुवित्त, गुराँस लाइफ र ग्रामीण लघुवित्तका शेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् । समग्र बजार बढे पनि नारायणी विकास बैंकका शेयरधनीले झण्डै १० प्रतिशत गुमाएका छन् ।




प्रतिक्रिया