काठमाण्डु – सत्तारूढ दल नेकपा एमालेका सांसद खिमलाल भट्टराईले संविधानको कार्यान्वयनको सवालमा वर्तमान सरकार सफल भएको बताएका छन् । राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै संविनले धान जारी गर्दा चुनौतीको सामना गर्नुपरेको र अहिले कार्यान्वयनमा पनि त्यस्तै चुनौती थपिएको बताए ।
उनले भने, ‘संविधानको कार्यान्वयन गर्न देशभित्र र बाहिरबाट देखिएको चुनौती वर्तमान सरकारले समाधान गरेको छ, पृथकतावादको नारा बोकेका सिके राउत तथा संविधानको विरुद्धमा सङ्घर्षमा उत्रिएको नेकपा विप्लव समूहलाई पनि मूलधारमा ल्याउन सरकार सफल भएको छ ।’ मधेशका समस्या समाधान गर्न पनि सरकारले अधिकतम् काम गरेको उनको भनाइ थियो ।
सांसद भट्टराईले कानून निर्माण गर्न नसक्ने, सरकारलाई काम गर्न नदिने र वैकल्पिक सरकार दिन नसक्ने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गरे । ‘जनताको बीचमा जाने अलोकतान्त्रिक हो ?’ उनले प्रश्न गर्दै भने, ‘दोस्रो पटकको प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको नियत थिएन, राष्ट्रपतिबाट लिएको कदम उचित थियो ।’
दलीय व्यवस्थामा सांसद स्वतन्त्र नहुने भन्दै उनले संसद्लाई दलीय ह्विप नलाग्ने भए त्यो निर्दलीयता हुने बताए । राजनीतिक विषयको अदालतमा ओइरो लागेको भन्दै उनले अदालतले पनि केही राजनीतिम मुद्दामा पूर्वाग्रही ढङ्गले फैसला गरेको बताए ।




प्रतिक्रिया