सरकार र पार्टीमा आलोपालोको सहमति पालना हुनुपर्छ : नेता पौडेल


बुटवल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताएका छन् । उनले सरकारको काम–कारबाही प्रभावकारी नभएको भन्दै मन्त्री परिवर्तन गर्नसमेत माग गरेका छन् ।

‘सरकार र पार्टीको नेतृत्व आलोपालो गर्नेगरी विगतमा तत्कालीन एमाले र माआवादी केन्दका नेताबीच पाँचबुँदे सहमति भएकै हो’, रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर ५ ले शनिबार आयोजना गरेको साक्षात्कारमा पौडेलले यस्तो बताएका हुन् ।उनले अगाडि भने, ‘सार्वजनिक नै भइसकेको विषय लुकाउनुपर्ने कुनै कारण छैन । विगतको यही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ ।’

नेकपा नेताबीच विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि यसलाई लिएर नेताहरू विभाजित छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली निकट नेता यही सरकारले ५ वर्षसम्मै नेतृत्व गर्नुपर्ने पक्षमा छन् भने तत्कालीन माओवादीभित्रका तथा बाहिरका केही नेता भने विगतको भद्र सहमति पालना गरेर अघि बढ्नुपर्ने पक्षमा छन् ।

सरकार विवादमा फसेको स्वीकार्दै उनले निर्मला काण्ड,बिधेयक ल्याउने फिर्ता गर्ने,गुठी बिधेयकका सवाल,बिषादी प्रकरणमा सरकारले परिपक्व नदेखिएको बताए। सुशासनका बिषयमा सरकार कमजोर भएको हो,दुखको कुरा यस्ता कुरा आउनु हुन्थेन,तर काम र प्रकृया भने आरम्भ भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement