काठमाडौं – यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका अनेरास्ववियुका विद्यार्थी नेता इन्द्रहाङ राई जेल चलान भएका छन् ।
१८ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि असोज १२ मा पक्राउ परेका नेता राईलाई जिल्ला अदालत काठमाडौंले बिहिबार थुनामा पठाउन आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले बिहीवार उनलाई थुनामा पठाउने आदेश दिएको हो ।अदालतको आदेश अनुसार राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको प्रहरीले जनाएको छ ।
रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका राईलाई यौन दुर्व्यवहारमा पक्राउ गरेपछि दुवै पदबाट मुक्त गरिएको छ । राईले आफ्नै साथीकी बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा लगेर बलात्कार गरेको आरोप छ ।




प्रतिक्रिया