काठमाडौं – नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नीति तथा कार्यक्रमका सपना सुन्दर भए पनि त्यसलाई विपनामा परिणत गर्न कार्यक्रम फितलो भएको टिप्पणी गरेका छन्। नीति तथा कार्यक्रममा निरन्तरताका कुरा भए पनि संरचनात्मक परिवर्तनका ठोस आधार नभएको उनको भनाइ छ।
बाबुरामले सुन्दा निकै कर्णमधुर अर्थात् राम्रो लेखकको निबन्धजस्तो सलल बगेको उल्लेख गरेका छन्। ‘सरकारको नीति तथा कार्यक्रम सुन्दा निक्कै कर्णमधुर छ’, बाबुरामले ट्विटरमा लेखेका छन्, ‘राम्रो लेखकको निबन्ध जस्तो सलल बगेको छ। बाँडिएका सपनाहरु सुन्दर छन्। तर, तिनलाई विपनामा परिणत गर्ने कार्यक्रम छैन वा फितलो छ।’
संरचना परिवर्तनका ठोस आधार नभएको बाबुरामको निष्कर्ष छ। ‘निरन्तरताका कुरा छन्। तर, संरचनात्मक परिवर्तनका ठोस आधार छैनन्’, बाबुरामले भनेका छन्, ‘त्यसैले सबै हात्ती आयो फुस्सा हुनसक्छ। नहोस्।’ यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया