काठमाण्डु – सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल आज (सोमबार) पनि जारी रहने भएको छ।
गत शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि साेमबारपनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।
आइतबारदेखि सुरू भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए । आजपनि सोही नीति तथा कार्यक्रममाथि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । बैठक बिहान ११:०० बजेबाट सुरु हुनेछ ।




प्रतिक्रिया