काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरेर चुनावी प्रक्रियामा सहभागी हुने तयारी भइरहेको बताएका छन्।
बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीले राजनीतिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको बताए। उनले पुरानो स्कुलको विस्थापन गर्दै चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई परिवर्तन गरेको उल्लेख गरेका छन्।
चन्दले चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई बदलेर चुनावी मोर्चामा डट्ने पहल गरेको बताएका छन् । विप्लवको पार्टीले मंगलबार मात्र दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
उनले पार्टीले एकीकृत जनक्रान्तिको स्कुलअनुसार समग्र संघर्षको मोर्चामा चुनावी प्रक्रियालाई आत्मसात् गरेर पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा लाग्ने उल्लेख गरेका छन्।
नयाँ राजनीतिक स्कुलअनुसार अगाडि बढ्दै चन्दले राष्ट्रिय मुद्दाहरूमा लड्ने र सबै देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्ने उनको प्रस्ताव छ।





प्रतिक्रिया