विप्लवलाई ठूलो धक्का, यी हुन् पक्राउ परेका २१ नेता (नामसहित)

विप्लवलाई ठूलो धक्का, यी हुन् पक्राउ परेका २१ नेता (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना नेता तथ कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । प्रहरीकाअनुसार पक्राउ पर्नेमा विप्लवका दाजुसहित २१ जना रहेका छन् । दाङको राजपुर गाउँपालिका–४, मुग्रेटाखोलास्थित एक जंगलबाट मध्यराति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पार्टीको उच्च नेतासहितको संलग्नतामा महत्वपूर्ण बैठकबारेको सूचना प्रहरीले पाएको थियो । राष्ट्रिय अनुसन्धान विभागले दिएको सूचना अनुसार प्रहरी परिचालन भएको थियो ।

पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका छन् ।

घटनास्थल इलाका प्रहरी कार्यालय गढवाबाट २३ किलोमिटर टाढा पर्छ । गढवाबाट प्रहरी निरीक्षकको कमाण्डमा, वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी निरीक्षककै कमाण्डमा र जिल्ला प्रहरी कार्यालय दाङबाट समेत टोली मरेठा जंगल प्रस्थान गरेको थियो ।

उनीहरुलाई पक्राउ परेको स्थान नेपाल–भारत सीमा नजिक पर्छ । उनीहरुमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरु पक्राउ परेसँगै विप्लव नेकपालाई ठूलो धक्का लागेको छ ।

सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहका नेता कार्यकर्ता लगातार पक्राउ परिरहेका छन् । नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली यस अघि नै पक्राउ परिसकेका छन् ।

यी हुन् पक्राउ परेका विप्लव समूहका नेता तथा कार्यकर्ता
– चन्द्रबहादुर चन्द (वीरजंग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज तथा विप्लवका दाजु
– केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
– रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
–सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव
–यमलाल कटुवाल (विक्रम) – जिल्ला ईन्चार्ज
–प्रदीप वली – जिल्ला सेक्रेटरी
–बविन केसी (पाटन, जंगली) – युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष
–सुनिल पौडेल– वुद्धिजिवी
–एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य)
–धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी
–तिलक पुन (पूर्व जनमुक्ति सेना)
–सुरज विक –दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
–हितप्रसाद रोका –पार्टी सदस्य
–पोष्टमान घर्ती – रोल्पा जिल्ला सदस्य
–दलबहादुर खत्री
–कुलबहादुर ओली

–अमित घर्ती मगर
–बालकृष्ण शर्मा
–जीत क्षेत्री
–रमेश आचार्य
–बिष्णु थापा