काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको सञ्चार विज्ञमा श्रीधर न्यौपाने नियुक्त भएका छन् ।
२०५८ सालमा कामना प्रकाशन समूहबाट पत्रकारिता शुरू गरेका न्यौपानसँग नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल तथा नेपाल टेलिभिजनमा काम गरेको अनुभव छ ।
पछिल्लो समय उनी सामुदायिक रेडियोहरूको छाता संगठन अकोराबमा कार्यरत थिए । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उनी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन् । उनी सभामुखको गृहजिल्ला सिन्धुपाल्चोकका हुन् ।




प्रतिक्रिया