काठमाडौं – नवनियुक्ति राजदुतहरूले नेपालको आर्थिक तथा व्यापार विस्तार गर्दै कँटनीतिक क्षेत्रमा योगदान पु¥याउने प्रतिबद्धता जनाएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा नवनियुक्त ९ जना राजदँहरुले नेपाल लगानी र भित्र्याउन र नेपालको व्यापार विस्तार गर्नको लागि पहल गर्ने जनाएका हुन् ।
भारतका लागि नेपाली राजदँत निलाम्बर आचार्यले नेपालमा उत्पादित वस्तुको प्रवद्र्धन गर्दै लगानी भित्र्याउनमा जोड दिने बताउनुभयो । त्यस्तै मलेसियाका लागि नेपालका नवनियुक्त राजदँत उदयराज पाण्डेले नेपाली निजी क्षेत्रलाई आयातभन्दा पनि स्वदेशमा नै उत्पादन बढाउनुपर्ने बताउँदै सो वस्तुको विस्तारमा लाग्ने बताउनुभयो ।
इजरायलका लागि नवनियुक्त राजदँत अञ्जान शाक्यले निजी क्षेत्रको समस्याबारे जानकार रहेकाले नेपालको व्यापार विस्तार र लगानी भित्र्याउन आफँले ध्यान केन्द्रित गर्ने बताउनुभयो ।
यसैगरी युनाइटेड अरब इमिरेट्स (युएई) का लागि नवनियुक्त राजदँत कृष्णप्रसाद ढकालले पर्यटन भित्र्याउनमा जोड दिने बताउनुभयो भने थाइल्यान्डका लागि नेपालका राजदँत गणेश ढकालले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि सीधा उडानमार्पत पर्यटन भित्र्याउनमा प्रचारप्रसार गर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नवनियँक्त राजदँतहरुले नेपालको आर्थिक विस्तारमा जोड दिन आग्रह गर्दै नेपाली वस्तुको सहज प्रवद्र्धनका लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो । यो खबर आजको समाचारपत्रमा छ ।




प्रतिक्रिया