सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब रुपैयाँ बजेट, के के छन् प्राथमिकतामा ? (पूर्णपाठ)

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब रुपैयाँ बजेट, के के छन् प्राथमिकतामा ? (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गर्दै नयाँ बजेट ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट सार्वजनिक गरेका हुन् ।

कुल रकम १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड (४१.४२ प्रतिशत) छुट्याएको छ ।

त्यस्तै पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) विनियोजन गरिएको छ ।

बजेटमा सरकारको उच्च प्राथमिकता कोभिड– १९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र अर्थतन्त्रलाई पुर्नउत्थान गरी चलायमान बनाउने उल्लेख छ । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउन योग्य सबै नेपालीलाई यथाशक्य चाडो खोप उपलब्ध गराउन खोपको आपूर्तिको सुनिश्चिततासहित खोपको प्रवन्ध मिलाएको उनले बताए ।

त्यस्तै अर्थमन्त्री शर्माले कोभिड संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्रोतको कमी हुन नदिन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले खोप व्यवस्थापनको लागि वैदेशिक स्रोतको अतिरिक्त आन्तरिक स्रोत समेत सञ्चालन गर्ने प्रबन्ध मिलाइएको बताए ।

चालु खर्च तर्फ बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी, तालिम खर्च, सिप विकास तथा जनचेतना तालिम सम्बन्धी खर्च कार्यक्रम, अनुगमन, मुल्यांकन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्चमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरी यसरी खर्च कटौती गर्दा बचत हुने ५ अर्ब रुपैयाँ कोभिड–१९ को खोप खरिदको लागि उपयोग गरिने पनि उनले बताए ।

सरकारले मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात बिरामीलाई औषधी उपचार खर्चबापत मासिक ५ हजारको दरले उपलब्ध गराउने भएको छ । त्यस्तै राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारको लागि जीवनवृत्ति वापत् मासिक ३ हजार प्रदान गर्ने पनि प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ ।

नयाँ बजेटको पूर्णपाठ:

;