एजेन्सी – भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जालमा ट्विट गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
‘मलाई कोरोना परीक्षण पोजिटिभ आएको छ, लक्षण सामान्य छ । म घरमै आइसोलेसनमा बसेको छु । पछिल्लो समय मेरो सम्पर्कमा आएकाले आफूलाई आइसोलेट र कोरोना परीक्षण गर्नुहोला,’ ट्विटरमा लेखेका छन् । भारतमा पछिल्लो समय कोरोना संक्रमण बढीरहेको छ । भारत सरकारले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ ।




प्रतिक्रिया