नवनियुक्त परराष्ट्रमन्त्री अब्दुल्लाहले भने : नेपाली कामदारसँग लिँदै आएको रकमबारे सरकार गम्भीर छ

नवनियुक्त परराष्ट्रमन्त्री अब्दुल्लाहले भने : नेपाली कामदारसँग लिँदै आएको रकमबारे सरकार गम्भीर छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया – नेपाली कामदारसँग उठाउदै आएको अतिरिक्त रकमका सम्बन्धमा मलेसियाका नवनियुक्त परराष्ट्र मामिला मन्त्री सैफुद्दिन अब्दुल्लाहले मलेसिया सरकार गम्भीर रहेको बताएका छन्।

बिहीबार भएको टेलिफोन वार्तामा पराराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग अब्दुल्लाहले मलेसिया सरकारले कामदारका विषयमा कुटनीतिक पहलबाट समस्या समाधानगर्ने समेत बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री ज्ञवालीले समकक्षी अब्दुल्लाहलाई नेपाली कामदारले भागेका समस्याका बारेमा अवगत गराउँदै मलेसिया सरकारबाट मान्यताप्राप्त कम्पनीहरुले उठाउँदै आएको अतिरिक्त रकम मिनाहका लागि आग्रह गरेका थिए।