परराष्ट्र सचिवको जिम्मेवारी पौड्याललाई दिने तयारी

परराष्ट्र सचिवको जिम्मेवारी पौड्याललाई दिने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–परराष्ट्र सचिव शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त भएपछि परराष्ट्र मन्त्रालयको सचिवको खोजी सुरु भएको छ । परराष्ट्रमा सचिव बढुवाको लागी तीन सहसचिवहरुबीच प्रतिस्पर्धा छ । वरियताका आधारमा सचिव बढुवा हुने लाईनमा सहसचिव भरतराज पौड्याल छन् । उनि मन्त्रालयका प्रवक्ता समेत हुन् । पौड्याल यसअघि पाकिस्तानको राजदूत समेत वनेका थिए ।

पौड्यालपछि सचिवको लाईनमा सेवा लम्साल र अमृत राई छन् । पौड्याललाई वरियताको आधारमा निमित्त सचिवको जिम्मेवारी दिइएको छ । तर, सचिवको लागी लम्साल र राईको समेत चर्चा छ । लम्साल महिला भएको र राई प्रधानमन्त्रीसंग निकट रहेकाले पनि उनिहरुलाई समेत सरकारले जिम्मेवारी दिन सक्ने बताइएको छ । प्रधानमन्त्री ओलीले पौड्याललाई यसअघि परराष्ट्रसचिवको जिम्मेवारी दिन नखोजेको बताइएपनि अहिले उनलाई जिम्मेवारी दिने विषयमा प्रधानमन्त्री सहमत भइसकेको स्रोतको दावी छ ।

सहसचिव लम्साल हालै पाकिस्तानमा राजदूतको कार्यकाल सकेर स्वदेश फर्केकी छन् भने राई न्युयोर्कमा राष्ट्रसंघका लागि नेपाली राजदूतका रुपमा कार्यरत छन् । तिनै जनामध्ये राई प्रधानमन्त्री ओलीसंग निकट छन् । उनलाई साउथ अफ्रिकाको राजदूतबाट राजदूतको रुपमा न्युयोर्क पठाइएको थियो । पौडेल मन्त्रालयमा अहिलेका सवै सहसचिवहरुमध्ये सिनियर भएकाले उनलाई आगामी सोमबार परराष्ट्र सचिवको जिम्मेवारी दिने सम्भावना बढी रहेको स्रोतको दावी छ ।