१४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालय पुग्यो, नेपाल समूहका २७ सांसदको समर्थन

१४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालय पुग्यो, नेपाल समूहका २७ सांसदको समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ सरकार गठनका लागि १४९ जना सांसदहरुको हस्ताक्षर बोकेर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधव नेपाल समूहका १४९ जना सांसदको हस्ताक्षरसहित नेताहरु राष्ट्रपति कार्यालय पुगेका हुन् । नेता गगन थापाले देउवालाई माधव नेपाल समूहका २७ जना सांसदको समर्थन रहेको जानकारी दिए ।

साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव पेश गरिने नेता थापाले जानकारी दिए । प्रतिनिधिसभामा नयाँ सरकार गठनका लागि १३६ जना सांसद आवश्यक पर्छ ।

सरकार गठनका विवषयमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलगायतले छलफल गरेका थिए ।