फागुन ५ मा समानुपातिक नतिजा, नयाँ प्रधानमन्त्री दोस्रो साता


काठमाडौं – निर्वाचन आयोगले बुधबार हुने राष्ट्रियसभा निर्वाचनको नजिता भोलिपल्टै सार्वजनिक गरी प्रतिनिधिसभा समानुपातिकको नजिता ‘छोटो विधि’ अपनाएर राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ।

राष्ट्रियसभा चुनाव नभई प्रतिनिधिसभा समानुपातिकतर्फको नजिता सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले ६० दिनदेखि नजिता रोकेर राखेको छ। आयोगले प्रतिनिधिसभा नजिता ढिलोमा फागुन ५ भित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए। समानुपातिकको नजिता रोकिएका कारण प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको दुई महिना बित्दा पनि नयाँ सरकार गठन हुन सकेको छैन।

आयोगले २४ गते हुने राष्ट्रियसभा नजिता भोलिपल्टै सार्वजनिक गर्ने तयारी गरेको छ। आयुक्त ईश्वरी पौडेलका अनुसार २६ गते आयोगले समानुपातिकतर्फ एकतिहाई महिलाको संख्या पु¥याएर आउन दलहरूलाई पत्राचार गर्नेछ।

विगतमा दलहरूलाई सात दिनको समय दिइने भए पनि आयोगले आफ्नो कार्यविधि संशोधन गरी अब तीन दिन मात्र दलहरूलाई दिने भएको छ। २९ गतेभित्र दलहरूले आयोगले भनेअनुसार परिणाम बुझाए आयोगले राष्ट्रपतिलाई नजिता बुझाउने प्रक्रिया सुरु गर्नेछ भने कारणवश कुनै दलको तलमाथि भए थप दुई दिनको समय दिएर सच्याउन समय दिइने आयुक्त पौडेलले जानकारी दिए।

यसअघिको कार्यतालिका तीन दिन थप समय दिने उल्लेख भएकोमा आयोगले एक दिन घटाएको हो। ‘आयोगले ढिलोमा फागुन ५ गते निर्वाचनको सम्पूर्ण नजिता राष्ट्रपतिज्यूलाई बुझाउने कार्यतालिका बनेको छ,’ आयुक्त पौडेलले भने।

आयोगले नजिता रोकेको भन्दै सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमाले असन्तुष्ट छ। ‘राष्ट्रिय÷अन्तर्राष्ट्रिय’ दबाबमा परेर आयोगले नतिजा रोकी सरकार गठनमा अवरोध गरेको एमालेको आरोप छ। आयोगले केही दिनअघि सर्वदलीय बैठकमा ‘बाधा अडकाउ’ फुकाएर नजिता सार्वजनिक गर्ने बाटो खोलिदिन प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्तावको वाम गठबन्धनकै नेताहरूले आलोचना गरेका थिए। आयोगले समानुपातिकको नजिता सार्वजनिक गरेपछि सरकार गठनको बाटो खुल्नेछ।

संविधानको धारा ७६ ले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। कुनै एक दलको बहुमत नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। ‘निर्वाचन आयोगले नजिता सार्वजनिक गर्ने बित्तिकै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ’, पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्बाङले भने, ‘कुनै एक दलको मात्र बहुमत नभएकाले दुई दल (वाम गठबन्धन) को बहुमत प्राप्त नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुन्छ।’

एमाले र माअाेवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने निश्चित देखिन्छ। ‘फागुन दोस्रो साताभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउँछ,’ नेम्बाङले भने। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement