नवनियुक्त तीन जना मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

नवनियुक्त तीन जना मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त तीन जना मन्त्रीहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार तीन जना मन्त्रीहरु नियुक्त गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्री नियुक्त गरेकी हुन् ।

बिहीबार बिहान शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

आजको सपथग्रहण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल उपस्थित भएनन् ।

नेता खनाल स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन् । भने प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीले एकलौटी रुपमा मन्त्रिमण्डल विस्तार गरेको भन्दै असन्तुष्टी जनाएका छन् ।