नयाँ पार्टी गठनको घोषणा गर्दै पूर्व डिआईजी खरेल

नयाँ पार्टी गठनको घोषणा गर्दै पूर्व डिआईजी खरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन् । उनले शुक्रबार औपचारिक रुपमा ‘नेपाल सुशासन पार्टी’ गठनको घोषणा गर्ने भएका हुन् ।

यसअघि उनले ‘नेपाल सुशासन अभियान’ नामबाट अभियान सञ्चालन गर्दै आइरहेका थिए । शुक्रबार अपराह्न साढे ३ बजे अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रम आयोजना गरी नयाँ पार्टी घोषणा गर्ने कार्यक्रम खरेलले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

नेपालीको मर्म बुझ्ने, नेपाललाई सफल र शक्तिशाली देशको रुपमा स्थापित गर्नसक्ने तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल सुशासन पार्टी गठन गर्न लागिएको खरेलको भनाइ छ ।

नेपाल प्रहरीको महानिरीक्षक बन्न नसकेपछि २८ चैत २०७४ मा प्रहरी संगठनबाट राजीनामा दिएका उनी पछिल्लो समय राजनीतिमा सक्रिय भएका हुन् ।