नयाँ राजनीतिक यात्रा सुरु भयो: प्रधानमन्त्री प्रचण्ड

नयाँ राजनीतिक यात्रा सुरु भयो: प्रधानमन्त्री प्रचण्ड

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालको प्रस्तावमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णयसँगै दाहालले सो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरु भएको छ । हामीले जनताको चाहना अनुसार अघि बढौँ भन्नुभयो । हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो,’ नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बैठकपछि भने ।

उनका अनुसार कांग्रेसलाई समर्थन जनाउने भनिए पनि उम्मेदवारको बारेमा भने कुनै निर्णय भएको छैन ।