न्युरोड जाने सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था

न्युरोड जाने सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको न्युरोडमा आजदेखि चार पांग्रे सवारीमा रोक लगाईएको छ ।

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले एक सूचना जारी गर्दै काठमाण्डुको न्यूरोड क्षेत्रमा हुने सवारी चाप बढेकाले यात्रुवाहक, मालवाहक तथा निजी सवारी साधनले खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको जानकारी दिएको हो।

 त्यहाँ गुड्ने सवारीलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको हो ।

दसैंको समयमा भीड बढ्दै गएकाले आजदेखि फुलपातिसम्म यो व्यवस्था लागू गरिएको हो। बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्सन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।