नयां स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने सरकारको निर्णय


काठमाण्डु – मन्त्रिपरिषको बैठकले नयां स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधवार बसेको बैठकले तत्काललाई स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने निर्णय गरेको स्रोतले बतायो ।

नयां स्टक एक्सचेन्जका लागि इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टको हिमालयन स्टक, गैरआवासीयहरुको लगानी रहेको नेशनल र अन्नपूर्ण मिडिया ग्रुपका रामेश्वर थापाले आवेदन दिएका थिए ।

नयां स्टकको लाइसेन्सका लागि आवेदन दिएपनि उच्च अदालत पाटनमा १० दिन मात्रै समय दिएर आवेदन दिने पक्रिया गलत भएको भन्दै रिट परेको थियो । उच्चले दुवै पक्षलाई छलफलका लागि बोलाउंदै जेठ १ गते पेसी तोकेको थियो ।

तर, अदालतको आदेश नआउंदै प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो आदेशमा नयां लाइसेन्सको प्रक्रिया तत्काल रोक्ने निर्णय भएको हो । यसमा अर्थमन्त्री प्रकाशसरण महत समेत सहमत छन् । उनले नयां स्टकको लाइसेन्स तत्काल जारी नगर्ने अडान लिएका थिए ।

लगानीकर्ताहरुले नयां स्टक आवश्यक रहेको भन्दै सरकारलाई ज्ञापनपत्र समेत बुझाएको थियो । तर, लगानीकर्ताको भावनाविपरित सरकारले स्टकको प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement