नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को थप नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ ।

मन्त्रालयले कोरोना संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयनमा भएको परीक्षणमा ३४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको जनाएको छ ।

आजको आएको नतिजाअनुसार ९७ प्रतिशत (३४) मा  B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1  पुष्टि भएको हो । यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्टल रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।