काठमाण्डु – १७ पुस, २०७८ शनिबार । सन् २०२२ जनवरी १ । आजबाट इस्वी नयाँ वर्ष शुरुवातको पहिलो दिन हो । सूर्योदय बिहान ६ः५६ मा भएकाे छ भने १७ः१८ मा सूर्यास्त हुनेछ । शनिबार बिहान नवग्रहको लागि पिपलको रुखमा जल अर्पित गरिन्छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारव्यवसायबाट अर्थलाभ हुनेछ । परिवार र सन्तानबाट साथ र सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईंको योजना सफल हुनेछ । यात्राका लागि सूर्योदय पछि मात्र निस्कनु बेस हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन व्यापार व्यवसायमा सोचेअनुसार नहुन सक्छ । सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्राको अवसर र सम्भावना पनि छ । चन्द्रमाको साथ छ । चतुर्दशी तिथि परेपनि तपाईंका लागि केही फाइदा हुने दिन छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । परिवार र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईंलाई आजको दिन मानसम्मान समेत मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन देवालय र शिवालयको यात्राले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :तपाईंले सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईंमा सकारात्मक सोच आउने छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन अध्ययन अध्यापनमा समय बिताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । तपाईंको स्वास्थ्यमा ख्याल राख्नुहोला । परिवारका सदस्यसँग समय बिताउनु होला । घरको काममा ध्यान दिनु भयो भने परिवारमा खुसियाली छाउनेछ।




प्रतिक्रिया