काठमाडौं – एक साताअघि एकतर्फी रूपमा ठेक्का तोडेर भाग्न खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सीएमसीले सरकारलाई पत्र लेखेर काममा फर्किने प्रतिबद्धता जनाएको छ।
सीएमसीले गत शुक्रबार मेलम्ची खानेपानी बोर्डलाई पत्र लेख्दै यसअघि बुर्झाको ‘लेटर अफ टर्मिनेसन (ठेक्का तोडिएको पत्र) फिर्ता लिएर काममा फर्किने प्रतिबद्धता जनाएको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले बताए।
‘ठेकदार कम्पनीले नयाँ वर्ष मनाएर फर्किएसँगै काममाआउने प्रतिबद्धतासहितको पत्र पठाएको छ’, उनले भने, ‘एकपटक वार्ता गरेरै सहमतिको वातावरण सिर्जना गरेका हौँ। अब मेलम्चीको कामले निरन्तरता पाउो आशा छ।’
सचिव ठाकुरका अनुसार मन्त्रलय र ठेकेदार कम्पनीबीचको विभिन्न चरणको वार्ताकै कारण स्थिति सकारात्मक भएकोहो। उनका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर ठेकेदार काममा फर्किनेछ। यो खबर आजको समाचारपत्रमा छ ।




प्रतिक्रिया