न्यूयोर्कमा भएको ट्राभल मेलामा नेपालका पर्यटन व्यवसायी सहभागी

न्यूयोर्कमा भएको ट्राभल मेलामा नेपालका पर्यटन व्यवसायी सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकाको न्यूयोर्कमा ‘न्यूयोर्क अन्तर्राष्ट्रिय ट्राभल्स शो’ सम्पन्न भएको छ। कोभिड – १९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने भन्दै नेपाली पर्यटन व्यवसायीहरु अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको ट्राभल्स शोमा सहभागी भएका छन ।

विश्वकै आर्थिक राजधानी र संसारका सबैभन्दा धेरै पर्यटक आउने शहरमा भएको न्युयोर्क अन्तर्राष्ट्रिय ट्राभल शोमा नेपालको लागि आधिकारिक कम्पनी ट्राभल ब्युरो अफ नेपालसँगको सहकार्यमा भएको कायक्रममा नेपालका विभिन्न कम्पनीहरूले सहभागिता जनाएका थिए।

उक्त ट्राभल्स शोमा नेपालको पशुपति मन्दिर र स्वयंभूको स्तुपासंगै बिभिन्न जातजातिका सांस्कृतिक भेषभुषा, कुमारी नृत्य, नेपाली लोकभाकाका सांस्कृतिक नृत्य, हिमाल आरोहणका समय प्रयोग गरिने सामाग्रीहरु प्रदर्शन गरिएको थियो । उक्त ट्राभल शोको संयोजन नेपाल पर्यटन बोर्डका अमेरिकाका लागि पर्यटन दूत प्रदिप श्रेष्ठले गरेका थिए ।

उक्त शोमा विभिन्न देशका १२० भन्दा धेरै कम्पनीहरु सहभागी भएका थिए । हरेक बर्ष अक्टोबर महिनामा हुने उक्त शोको आयोजकले नेपालको लागि आधिकारिक एजेन्टमा ट्राभल ब्युरो अफ नेपाललाई नियुक्त गरेको उक्त कम्पनीका सिईओ साथै पर्यटन दुत प्रदिप श्रेष्ठले जानकारी थिए ।

न्युयोर्कमा नै आगामी जनवरी २८-२९ , २०२३ मा ट्राभल एण्ड एडभेन्चर शो आयोजना गरिएको छ  । उक्त शोको आयोजक कम्पनीले पनि ट्राभल ब्युरो अफ नेपाल लाई नै नेपालको लागि आधिकारिक एजेन्ट नियुक्त गरेको पर्यटन दुत श्रेष्ठले बताए ।