कोरोनाविरुद्ध सफल भएको प्रधानमन्त्रीको दाबी, लकडाउन बढाइयो

कोरोनाविरुद्ध सफल भएको प्रधानमन्त्रीको दाबी, लकडाउन बढाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युजिल्याण्ड – न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा अर्डेनले कोरना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनको समयावधि एक साता थप गरेकी छन् ।

उनले सोमबारको पत्रकार सम्मलेनको आरम्भ कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्‍जली अर्पण र परिवारका सदस्य र आफन्त गुमाउनेप्रति समवेदना प्रकट गर्दै रु गरेकी थिइन् । न्युजिल्यान्डमा हालसम्म कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ४४० छ ।

उनले कोरोना संक्रमणका लागि विश्वका सीमित मुलुकहरुले मात्रै अपनाएको सावधानी अपनाएको दाबी गरिन् ।

‘विश्वका अन्य मुलुकको तुलनामा हामीले केही फरक र अतुलनीय काम गरेका छौं,’ उनले थपिन् । २८ अप्रिल अर्थात् आगामी मंगलबारसम्म न्युजिल्यान्डले लकडाउन सहज बनाउने प्रधानमन्त्री अर्डेनले बताइन् ।

उनले भनिन्, ‘व्यापार–व्यवसाय खोल्न तयारी अवस्थामा रहनुस् र कर्मचारीलाई गोदाम सरसफाइका लागि भन्‍नुस् । स्कूलहरु पनि खुला गरिने भएकोले शिक्षक र अभिभावकहरु पनि तयारी अवस्थामा रहनुस् । तर, अनावश्यक बाहिर भीड नगर्ने र सामाजिक दूरी कायम गर्ने नियम भने पालना गर्नुपर्नेछ ।’

उनले आजसम्म हरेकले गरेको त्याग र समर्थनले सफलता मिलेको बताइन् ।