न्युजिल्याण्डले यसरी जित्यो कोरोना भाइरसविरुद्धको लडाईं

न्युजिल्याण्डले यसरी जित्यो कोरोना भाइरसविरुद्धको लडाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – न्युजिल्याण्डले कोराना भाइरसमाथिको लडाईमा विजय प्रप्त गरेको छ । न्युजिल्याण्डमा कोरोना भाइरस संक्रमित अन्तिम बिरामी पनि डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोना भाइरसका कारण लगाइएका लकडाउन सोमबार रातीबाट फकुवा गर्ने घोषणा गरेकी छन् । सीमा नाका बाहेक मुलुकभित्र लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुने उनले बताएकी छन् ।

‘हामीले कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध फकुवा गरेका छौं । हाम्रो लागि यो एउटा कोशेढुंगा हो । प्रतिबन्ध हटाउने काम सोमबार १२ः०० बजे मध्यरातदेखि लागू हुनेछ’, उनले भनिन्, फेब्रुअरी २८ पछि पहिलो पटक कुनै कोरोनाको केस नहुनु पक्कै पनि हाम्रो यात्राको लागि महत्वपूर्ण चिन्ह हो । तर हामीले कोरोनाबिरूद्ध चलिरहेको सतर्कतालाई नियमित गर्ने छौं ।’

कोरोनाको प्रभाव अन्त्य भएको देखिए पनि प्रधानमन्त्री आर्डनले लामो समयसम्म सीमा नखोल्ने बताएकी छिन् । तर, उनले देशका नागरिकलाई स्वदेशभित्र र्विाध रुपमा हिँडडुल गर्न दिइने बताएकी छन् ।

अब त्यहाँ सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूलाई कुनै प्रतिबन्ध बिना चलाउन दिइनेछ ।

न्युजिल्याण्डमा कोरोनाको संक्रमण शुन्यमा झरेको छ । साथै सक्रिय कोरोना भाइरस सङ्क्रमण बाँकी नभएपछि न्युजिल्याण्डले भाइरस जितेको जस्तो देखिएको छ ।

न्युजिल्याण्ड पूर्ण लकडाउन गरिएको थियो । डब्लूएचओको सुझावहरु मानेका कारण न्युजिल्याण्डमा कोरोनाको प्रभाव पर्न पाएन ।

गत वर्ष चीनमा पहिलोपटक देखा परेकोले कोरोना भाइरस न्यूजिल्याण्डले कोरोना संक्रमित शुन्यमा झार्ने पहिलो राष्ट्रहरूमध्ये एक हो ।

विज्ञहरूकाअनुसार धेरै कारकहरूले देशलाई कोरोनाविरुद्ध लड्न मद्दत पुर्याएको छ । त्यस्तै प्रधानमन्त्रीले देखाएको नेतृत्वको साथ, जसले प्रकोपको बेलामा कडा लकडाउन लगाएको थियो ।

त्यहाँ जम्मा १५०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ साथै २२ जनाको मृत्यु भएको छ ।