बेलडाँडीमा उपभोक्ता ठग्दै ठेकेदार, स्थानीय सरकार मौन

बेलडाँडीमा उपभोक्ता ठग्दै ठेकेदार, स्थानीय सरकार मौन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाको आ.व. ०७५-७६ को बजेट बाट बैवाह देखि चवन्नी जाने बाटो कालोपत्रेका लागि ३५ लाख बजेटका लागि ठेक्का आह्वानमा ४६ प्रतिशत विलो हालेको अमृत कन्सट्रक्सन कम्पनीले निर्माणको काम पाएको बेलडाँडीका इन्जनियर मोहन ठगुन्नाले जानकारी गराए ।

इन्जनियर ठगुन्नाका अनुसार आफुले अनुगमन गर्दा राम्रो काम गर्ने र आफु नभएको बेला यस्तो कमजोर काम भएको हुन सक्ने स्वीकार गर्दै सबैले खवरदारी गर्नुपर्नेमा जोड दिए ।

सम्झौता भएको दिनबाट काम थालेको कम्पनीले केहि दिनमै उपभोक्ता ठग्ने काम गर्दै आएको उपभोक्ताले गुनासो गरेका छन् ।
अमृत कन्सट्रक्सन निर्माण कम्पनीले बैवाह बाट चवन्नी आउने बाटोमा अहिले ग्रावेलको काम गरिराखेको छ । सो कम्पनीले ग्रावेलमा माटो मिलाएर निर्माण कार्य गर्न थालेको छ । ग्रावेलमा ८० प्रतिशत सम्म माटो रहेको देखिएको छ ।

सो सडकामा हिड्ने नागरिकहरुले त्यस्तो ग्रावेलको बारेमा गुनासो गरेका छन् । यस्तो ग्रावेलले बन्ने सडकको स्तर खस्कने र कमजोर हुने हुदा स्थानीयले चिन्ता व्यक्तगर्न थालेका छन् ।बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने यस्तो कमजोर काम भएको भए जोसुकैलाई पनि कारवाही गरिने जानकारी गराए। आफुले इन्जनियर र वडालाई समेत निगरानी गर्ने निर्देशन दिएको बताए । काम गुणस्तरीय नभए फेरि काम गराउने समेत बचन दिए।