प्रमुख निर्वाचन आयुक्त र सर्वोच्चमा पाँच न्यायाधीस नियुक्त

प्रमुख निर्वाचन आयुक्त र सर्वोच्चमा पाँच न्यायाधीस नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छिन्।
नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्रपतिले सोही संविधानको धारा २५८ को उपधारा ९२० अनुसार संवैधानिक परिषद्को सिफारिशमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गरेकी छिन्।
शुक्रबार नै न्याय परिषद्को सिफारिशमा सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनालाई नियुक्त गरिएको छ।

राष्ट्रपतिले धनुषाका प्रकाशकुमार ढुङ्गाना, काठमाडौँका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौँका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन्।