काठमाडाैँ-महानगरीय प्रहरीवृत्त जगातीको चेकपोष्टले जगातीबाट रक्तचन्दन र लागुऔषधसहित पक्राउ गरेको छ ।
सुरक्षा जाँचका क्रममा सूर्यविनायक नगरपालिका– ८ जगातीमा उदयपुर बेलटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख २३०० नं को माइक्रोबसले छतमा बोरामा राखी ल्याउँदै गरेको ५६ टुक्रा रक्तचन्दनसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का ३६ वर्षीय बुद्धि तामाङ र उदयपुर बेलटारका १९ वर्षीय मोहन नेपालीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको र काठ जिल्ला वन कार्यालयलाई बुझाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।




प्रतिक्रिया