काठमाडौं– सरकारले ६ वटा प्रदेशका गृहसचिवको हेरफेर गर्नुको साथै २१ जना सहसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको २१ सहसचिवमध्ये अधिकांशलाई प्रदेशका मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओसिम आलमका अनुसार सरुवा गरिएकामध्ये धेरैलाई प्रदेश राजधानीमा रहेका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सचिवबीच वरिष्ठता नमिलेपछि वरिष्ठलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो।
प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सचिव रहेका सन्तोष श्रेष्ठ मन्त्रालयको अतिरिक्त समूहमा पुगेका छन्, भने सोही प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव रहेका यज्ञबहादुर खत्रीलाई मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन्।
त्यस्तै, निर्वाचन आयोगमा रहेका गंगाराम गेलालको १ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा सरुवा भएको छ। २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विष्णु केसीको सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा सरुवा भएको छ।
देवीराम भण्डारी २ नम्बरको सामाजिक विकास मन्त्रालयको सचिवमा पुगेका छन्। उनी यसअघि २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका थिए। यसैगरी, सहसचिव किरण रुपाखेतीको प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालय, जगदीश रेग्मीको २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा र बलदेवप्रसाद जोशीको १ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा भएको छ।
त्यस्तै, राजकुमार श्रेष्ठको ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र पिताम्बर घिमिरेको ७ नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएको छ। मन्त्रालयको अतिरिक्त समुहमा रहेका शंकर अर्याल ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र अतिरिक्तमै रहेका श्याम अधिकारी सामाजिक कोषको सचिवालयमा पुुगेका छन्।
त्यस्तै, प्रेम भट्टराईको ५ नम्बर प्रदेशको प्रदेशसभा सचिवालयको सचिवमा, मानबहादुर विकेको ४ नम्बर प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सरुवा भएको छ,भने वसन्त अधिकारीको ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ केवल भण्डारी ३ नम्बर प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव बनेका छन्।
वंशी शर्मा २ नम्बर प्रदेश, विजयचन्द्र झालाई ३ नम्बर प्रदेश, ऋषीराम तिवारी सूचना प्रविधि र सञ्चार मन्त्रालय र प्रेमकुमार श्रेष्ठ वेपत्ता पारिएकाको छानबिन आयोगमा सरुवा भएका छन्।
लक्ष्मीकुमारी बस्नेतको राष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ।




प्रतिक्रिया