काठमाडौँ— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख डलर रकमसहित एक भारतीय महिला पक्राउ परेकी छन्।
नेपाल एयरलाइन्सको उडान आरए २०१ बाट शुक्रबार मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना घनश्याम सोनी १ लाख अमेरिकी डलरसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
विमानस्थल सुरक्षा प्रमुख एसएसपी सन्दिप भण्डारीका अनुसार सोनी चेकजाँचका क्रममा रकमसहित पक्राउ परेकी हुन्।
उनले झोला र किताबमा लुकाएर डलर तस्करी गरेको गरेको प्रहरीको भनाइ छ।




प्रतिक्रिया