अपहरणमा परेकाे नाटक रचेर बाबुसँग २ लाख फिरौती मागेपछि…

अपहरणमा परेकाे नाटक रचेर बाबुसँग २ लाख फिरौती मागेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ– प्रहरीले  अपहरणमा परेकाे नाटक रचेर  आफ्नै बाबुसँग २ लाख फिरौती माग्ने एक युवालाई पक्राउ गरेकाे छ।

रुपन्देहीको सिद्धार्थनगरपालिकाका  मोहमद कमालुद्दिन मुसलमानलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हाे ।  गत बैशाख ५ गते घरबाट निस्किएर सम्पर्कविहिन भएका उनले  बुवा जोखन मुसलमानलाई  फाेन गरेर अाफू अपहरणमा परेकाे बताएका थिए।

सुरुमा मोहमदले आफुले प्रयोग गर्ने मोबाइल नम्बरबाट बाबुलाई फोन तथा एसएमएस गरी आफु अज्ञात स्थलमा अपहरणमा परेको जानकारी दिएका थिए ।

त्यसलगत्तै उनले फिरौंतीका लागि २ लाख रुपैयाँ मागेको तर सहमतिमा तत्काल ५० हजार रकम दण्डपाणि बरालको नाममा आईएमई गरी पठाईदिए मुक्त हुने बताएका थिए । उनले आफनै मोबाइलबाट फोन र एसएमएस पटक–पटक गरेपछि बाबुले प्रहरीलाई जानकारी गराई बरालको नाममा ५० हजार रुपैयाँ पठाएका थिए ।

त्यसपछि बाबुले पठाएको रकम लिन छोरा आफै पोखराको पृथ्वीचोकमा पुगेका थिए । त्यसअघि प्रहरीले शंका लागेर सो लोकेशनमा अप्रेशन सुरु गरेको थियो । आइएमईमा मोहम्मदनै आएर पैसा निकाल्न लागेपछि पक्राउ गरिएको %