जलवायु सम्मेलनमा भाग लिन उपराष्ट्रपति र वनमन्त्री अष्ट्रिया जाँदै

जलवायु सम्मेलनमा भाग लिन उपराष्ट्रपति र वनमन्त्री अष्ट्रिया जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाने भएका छन्। जेठ १४ मा हुने आर २० नामक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि जाने उल्लेख गरेको छ।

उपराष्ट्रपति पुन सोमबार भियना अन्तरराष्ट्रिय केन्द्रको ४० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ । सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिको केन्द्रका रुपमा रहेको छ ।

सोही दिन साँझ उन अष्ट्रियाका फेडरल चान्सलर सेबास्तियन कर्जले आयोजना गर्ने स्वागत समारोहमा समेत सरिक हुने कार्यक्रम छ । उनीसँगै विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रतिनिधिमण्डलका प्रमुख सो समारोहमा सहभागी हुने बताइएको छ ।
सम्मेलनको पहिलो दिन उपराष्ट्रपति पुनले जलवायुसम्बन्धी एउटा सत्रमा सम्बोधन गर्नेछन्। सो सत्रमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख सहभागी हुनेछन्
उपराष्ट्रपति पुन जेठ १७ गते स्वदेश फर्कने कार्यक्रम छ।