बम विस्फोटमा ‘विप्लव समूहको संलग्‍नता’: तीनकाे मृत्यु, नख्खु बम काण्डका अभियुक्त घाइते

बम विस्फोटमा ‘विप्लव समूहको संलग्‍नता’: तीनकाे मृत्यु, नख्खु बम काण्डका अभियुक्त घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— तीन जनाको ज्यान जाने गरी आइतबार राजधानीका दुई स्थानमा भएको सिलिन्डर ग्यास ‘बम’ विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित समूहको संलग्नता रहेको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन्।

करीब एकै समयमा सुकेधारा र अनामनगरको घट्टेकुलोमा भएको बम विस्फोट तीनजनाको मृत्यु हुनुका साथै ६ जना घाइते भए। घाइतेमध्ये दुइजना विप्लव समूहका रहेको प्रहरीले जनाएको छ।

घट्टेकुलोको एकतले घरमा भएको बम विस्फोटमा परी घाइते भएका व्यक्ति नेत्रविक्रम चन्द विप्लवनिकट अखिल क्रान्तिकारीका नेता रविन केसी भएको खुलेको छ। प्रहरी श्रोतका अनुसार अनामनगरको घट्टेकुलोस्थित एकतल्ले घरमा भएको सिलिन्डर विस्फोटमा घाइते उनको वीर अस्पतालमा उपचार भइरहेको छ। उनी क्रान्तिकारीका त्रिचन्द्र कलेजका इकाइ सभापति हुन्।

त्यस्तै, सुकेधारामा भएको बम विस्फोटमा घाइते हुने विप्लव नेकपाको नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन रहेको खुलेको छ। काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीका अनुसार महर्जन सोही स्थानको बम विस्फोटमा परेर गम्भीर घाइते भएका हुन्।

उनी नख्खुमा एनसेलमा भएको बम विस्फोटमा प्रहरीको खोजी सूचीमा थिए।

भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको भन्दै विप्लव समूहले बन्द आह्वान गरेको थियो ।