ल्याव र मेडिकलमा प्रशासनकाे सिलबन्दी


काठमाडाैँ— जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरका दुई ल्याब र एउटा मेडिकलमा सिल गरेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुगमन रिर्पोटका आधारमा प्रशासनले मापदण्डविपरीत सञ्चालनमा आएका ल्याब र मेडिकल सिल गरेको हो । प्रयोगशालाले यहाँका पाँँच नर्सिङहोम, पोलिक्लिनिक र मेडिकल हलको अनुगमन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अनुगमनका क्रममा सुभास मेडिकल हलले अर्कैको नाममा मेडिकल सञ्चालन गरेको पाइएको बताए। सुभास मेडिकलले नवीकरण नगरेरै पोलिक्लिनिक पनि सञ्चालन गरेको खुलेको हो । प्रजिअ पोखरेलले नवीकरण नगरेरै सञ्चालन भइरहेको बुलबुले डायनोष्टिक तथा पोलिक्लिनिक र सुभास मेडिकलमा सिल गरिएको जानकारी दिए।

आशा मेडिकल र तृप्ती मेडिकल हलमा सञ्चालित ल्याबहरु पनि सिल गरिएको छ । आशाले ल्याब र डे«सिङ रुम एउटै कोठामा राखेको तथा तृप्ती मेडिकलले अनुमतिबिनै ल्याब सञ्चालन गरेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement