हुरीले धनगढीमा मात्रै १००८ घरमा पूर्ण क्षति, उपमहानगरले दियो राहत


धनगढी—गत बिहीबार बेलुकी आएको बिनासकारी हुरीले धनगढी उपमहानगरपालिका क्षेत्रमामात्रै १ हजार ८ सय ३५ घरमा पूर्ण क्षति पु-याएको छ ।

धनगढी उपमहानगरपालिका स्तरीय बिपद व्यवस्थापन समितिले संकलन गरेको बिवरण अनुसार १९ वटै वडामा स्थलगत रुपमै गएर संकलन गरेको तथांक अनुसार १ हजार ८ सय ३५ घरमा पूर्ण क्षति पु¥याएको भेटिएको हो। नगरस्तरीय बिपद ब्यवस्थापन समितिका संयोजकतथा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले अहिलेसम्म आंशिक क्षतिको विवरण ७ वटा वडाको मात्रै संकलन गर्न सकिएको बताए । १२ वटा वडाको घरमा भएको क्षतिको विवरण मंगलबार सम्म संकलन भैसक्ने बताए ।

पहिलो चरणमा पूर्ण रुपमा घरमा क्षति भएका परिवारलाई राहत वितरण गर्ने काम भैरहेको नगर प्रमुख वडले बताए । धनगढी उपमहानगरपालिकाले पूर्ण रुपमा घरमा क्षतिपुगेका घर परिवार मध्य ७ सय ६६ परिवारलाई ओत लाग्नका लागि टेन्ड वितरण गरिसकेको छ । टेन्ड वितरण कार्य जारी रहेको र मंगलबारसम्म वडाले संकलन गरेको विवरणका आधारमा पूर्ण रुपमाक्षतिपुगेका घरहरुमा टेन्ड पु¥याई सक्ने उप–महानगरले जनाएको छ ।

राहतवितरण कार्यलाई प्रभावकारी बनाउनकालागि सोमबार मात्रै धनगढी उप–महानगरपालिकाले जिल्लामा कृयाशिल राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थासंग समन्वय बैठक समेत सम्पन्न गरेको जिल्ला रेडक्रम सोसाईटी कैलालीका अध्यक्ष उत्तम जोशीले बताए । उनले भने, अपुग हुने राहत सामाग्री उपलब्ध गराउने र वितरण एकद्धार प्रणाली मार्फत गर्ने निर्णय भएको पनि अध्यक्ष जोशीले बताए ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन उपसमितिका संयोजक मोहन जोशीले सोमबार सम्मप्राप्त बिवरण अनुसार जिल्ला भरीमा जेठ २३ गतेको हावाहुरी बाट २ हजार २ सय १६ घरमा पूर्णरुपले क्षति पुगेको बिवरण प्राप्त भएको छ । जसमध्य १ हजार ३ सय ४१ परिवारलाई टेन्ड लगायतका राहत सामग्री उपलब्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement