अपशब्द र रंगभेदी टिप्पणी गरेकाले प्रनेशविरुद्ध उजुरी निर्देशक चाम्स


काठमाडौं— चलचित्र वीर विक्रम–२ समिक्षा गरेका युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा लिइएका विषय विवादित बनिरहेका बेला चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेईज्जतीका कारण गौतमविरुद्ध प्रहरीकहाँ गएको बताए। उनले भने,‘फिल्म रिभ्यूका कारण नभएर मानीहानी गरेको, पटक–पटक अपशब्द प्रयोग गरेको र रंगभेदी टिप्पणी गरेकाले हामी प्रहरीमा जान बाध्य भएका हौं ।’

उनले आफ्नो उद्देश्य प्रनेशलाई दुःख दिनु नभएको स्पष्ट पार्दै भने,‘मैले गौतम भाईलाई पाठ सिकाउनको लागि पनि प्रहरीकहाँ गएको हुँ, यो मैले उसलाई व्यक्तिगत ईगो राखेर थुन्न खोजेको थिईँन् ।’प्रनेश पक्राउ परेपछि आफूले उनका बाबु र आमासँग पनि भेटेरै कुराकानी गरेको चाम्सले सुनाए ।

उनले भने,‘प्रनेशका बुवा–आमासँगको कुराकानीमा मैले सोमबारसम्म छुटाउँछु पनि भनेकै हो, तर मिम नेपालका साथीहरु आएपछि रिभ्यू गर्न पाउनुपर्छ, वाक स्वतन्त्रता छ भनेर सिनियर कलाकारहरुको चित्त दुखाउनुभयो । त्यही भएर एक–दुई दिन बसोस् भनेर छोड्यौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement