काठमाडौं—प्रतावित गुठीसम्बन्धी विधेयकबारे तीब्र विरोध भएपछि सरकार पछि हट्ने संकेत देखिएको छ। सोबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाबाट काठमाडौं उपत्यकाबाट निर्वाचित सांसद र स्थानीय तहका जनप्रतिनिधिसँग सोमबार छलफल गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका विषयमा विभिन्न जनप्रतिनिधिले आफ्नो राय व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो अवसरमा राष्ट्रियसभामा सत्ता पक्षका नेता दीनानाथ शर्मा, सांसद पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ र अञ्जना बिसङ्खे, काठमाडौंँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलगायतले विधेयकका विषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए। उनीहरुमध्ये प्रायः ले विधेयक फिर्ता लिनुपर्ने धारणा राखेका थिए।
जनप्रतिनिधिको सुझावपछि प्रधानमन्त्री ओलीले विधेयकका विषयमा आफूले परामर्श गरिरहेको र यसबारे सरकारले चाँडै यथोचित निर्णय गर्ने बताए।




प्रतिक्रिया